मंगलम सीपीभीसी प्लसलाई नेपाल गुणस्तर चिन्ह



काठमाडौं (नेस) ।

नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इन्डस्ट्रिजबाट उत्पादित सीपीभीसीप्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडीआर ११ (१५ र ५० मिमि) र एसडीआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० पाएको छ ।

बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको पीभीसी र एचडीपीई पाइपले भने पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरू गुणस्तरीय र नेपाली बजारमा बिक्री योग्य मानिन्छन् ।

मंगलम इन्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भन्नुभयो– ‘हाम्रो सीपीभीसी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’ नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरू नेपालमै उत्पादन गर्दै आइरहेको छ ।

मंगलम्को हरेक उत्पादनहरू उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलमको यी उत्पादनहरू प्लम्बिङ पेसामा लागेका अनुभवी पेसाकर्मीहरूको साथै घर–धनीहरू र निर्माण व्यवसायीहरूको पहिलो र विश्वसनीय रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्