पशुपति बिस्कुटको आपत्ति



काठमाडौं (नेस) ।

सुनसरीको दुहबीमा सञ्चालित ‘पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । समाचारहरूमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको कम्पनीले जनाएको छ ।

समाचारहरूमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरू जोडिएका मेसिनहरूको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको कम्पनीले जनाएको छ ।

समाचारमा आफ्नो नाम जोडिएकोमा उद्योगका सञ्चालक वसन्त चौधरीले दुःख प्रकट गर्नुभएको छ । ‘सञ्चारमाध्यमहरूले मसँग कुरा नै नगरी अनावश्यक रूपमा मेरो नाम उद्धृत गरेकोप्रति दुःख प्रकट गर्दछु ।’ –उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्