लामटाङ राष्ट्रिय निकुञ्जद्वारा १० लाख राजश्व संकलन



रसुवा (नेस) ।

फागुन महिनामा लामटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने सात सय ६७ आन्तरिक तथा बाह्य पर्यटक आउँदा १० लाख ५३ हजार एक सय रूपियाँ राजश्व संकलन भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार नेपालभित्रका विभिन्न ठाउँहरूबाट चार सय २१ जना, सार्क मुलुकबाट १८ जना, विदेशी तीन सय २८ जना गरी सात सय ६७ जनाबाट १० लाख ५३ हजार एक सय राजश्व उठेको बताउनुभयो ।

कोभिड–१९ को संक्रमण हराउँदै गएको कारण लाङटाङ तथा गोसाईंकुण्ड जानेको भीड लागेको हो । होटल व्यवसाय संघका अध्यक्ष रामशरण गजुरेल (निशान) भन्नुहुन्छ दैनिक ३०÷४० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य आउने गरेका छन् ।

वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन हुने निकुञ्जको तथ्यांकमा रहेको प्रमुख संरक्षण अधिकृत भट्टराई बताउनुहुन्छ । धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनवारी, लौरीविनायक, गोसाईंकुण्डसम्म र लाङटाङ क्याङजेनसम्मका पर्यटकीय पदमार्गको स्याफ्रुबेंसी हुँदै लाङटाङ क्याङजिङसम्म पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्