एभरेस्ट बैंकद्वारा २०७९ सालको क्यालेन्डर सार्वजनिक



काठमाडौं (नेस) ।

एभरेस्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ ।

नेपाली साहित्यका चम्किला ताराहरू भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा वागमती प्रदेश प्रबन्धक सन्तोषकुमार भट्टराई र पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेस्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लेखकलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्