तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुन्छ : प्रचण्ड



चितवन ।

गृह जिल्ला चितवन पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । आफ्नो गृह जिल्ला चितवनमा प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धन कायम रहेको बताएका हुन् । उनले तीन तहकै चुनावसम्म गठबन्धन हुनेसमेत बताए ।

‘गठबन्धन त भइरहेकै छ नि’, भन्दै उनले अगाडी थपे, – ‘अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्