नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंकको सम्झौता



काठमाडौं (नेस) ।

नेपाल पेमेन्ट सोलुसनले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठ, गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमलप्रसाद अर्याल आईटी प्रमुखले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरूमार्फत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्