नबिलको वसन्ती प्रेरणादायी पात्र अभियान



काठमाडौं (नेस) ।

एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरू गरेको छ । वसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण गर्यो ।

एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पीडितको रूपमा होइन बहादुरी जीवन यापकको रूपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पीडालाई भुल्न नसके पनि बसन्ती ती पीडाहरू विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रूपमा अघि बढिरहेकी छिन् ।

वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियानमार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षलाई उजागर गर्ने प्रयास गर्दै छ ।

यस अभियानको सुरुआत गर्न बैंकले वसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले विभिन्न क्षेत्रका विज्ञलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ ।

वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकारसहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरूका सवाल उठान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्