सुदूरपश्चिम लोकसेवाले पहिलोपटक खोल्यो विज्ञापन (सूचनासहित)



कैलाली ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्ति गर्न पहिलोपटक विज्ञापन खुलाएको छ। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्न गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।

जनरल फरेष्ट्री खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १६७ पदमा विज्ञापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्