लन्डनबाट आयो मन मनै त हो (भिडियोसहित)



लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा नयाँ रोमाञ्चक म्युजिक भिडियो सार्वजनिक भएको छ। लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बीच अमिका महत क्षेत्रीको मन मनै त हो भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियो दुई कन्या काव्या श्रेष्ठ र वृष्टि पुन श्रेष्ठले सार्वजनिक गरेका थिए।

अर्जुन रत्न भिखारीको शब्द, सुनील मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लन्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ। म्युजिक भिडियोमा लन्डनवासी नायक ध्रुव दत्त र अमिका महतले अभिनय गरेका छन्। मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यु प्रोजेक्ट हो।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरू ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आप्mनो अनुभव सुनाएका थिए। उनीहरूले कुशलको निर्देशकीय क्षमतामा काम गर्न निकै सहज भएको बताए। पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जितेन्द्र महत अभिलाषीकी पुत्री हुन्।

कार्यक्रमका वक्ताहरूले बेलायतमा सीमित श्रोत र साधनका बीच पनि म्युजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखेका थिए। कार्यक्रममा इनास यूकेले कलाकारलाई सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्