झट्ट ट्रान्सफर चट्ट कार चुडाललाई



काठमाडौं (नेस) ।

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाइको स्यान्ट्रो(एरा एक्जुकेटिभ)गाडी जित्नुभएको छ ।

उहाँले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरूप स्यान्ट्रो जित्न सफल हुनुभएको हो । उहाँलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गर्नुभयो ।

फोनपेले अघिल्लो वर्ष पनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुन्डाइको ग्रान्ड आइटेन गाडी जित्न सफल हुनुभएको थियो । यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५जनाले आइफोन १३ जित्न सफल भएका छन् ।

यस योजनामा हरेक दिन एक जनाले आइफोन जितेका थिए । फोनपे मार्फत १० रुपियाँमा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा गई सेन्ड मनि गरी फोनपे डाइरेक्टमार्फत सहजै रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्