करुण थापाको शव्दमा कपाल कोरेर भेट्न आउ मकहाँ (भिडियोसहित)

188
Shares

गीतकार, गजलकार, फिल्म सम्पादक तथा एनिमेटर करुण थापाको शब्द, संगीत तथा गायिका मीना पोखरेल निरौलाको स्वरमा चट्ट कपाल कोरेर भेट्न आउ मकहाँ बोलको गीत हालै सार्वजनिक भएको छ । डान्सिङ बिटको गीतमा गीतकारले एक युवतीको भावना गीतमार्फत पोख्ने क्रममा भनेका छन् :

चट्ट कपाल कोरेर भेटन आउ मकहाँ
मनको तिर्खा भन न मेट्न आऊँ म कहाँ
फूलजस्तै फूलूँ लाग्छ रंग फेरी फेरी
भमरा भुनभुन गर्छन् यो जवानी हेरी
जवानीको धारैले रेट्न आउ मकहाँ
मनको तिर्खा भन न मेट्न आऊँ म कहाँ
खडेरीमा पानी जस्तै तिम्रो प्यास लाग्छ
रातदिन यो मनले तिम्लाई मात्र माग्छ
सिउँदो मेरो त्यो हातले लेख्न आऊ मकहाँ
मनको तिर्खा भनन मेट्न आऊँ म कहाँ ।

करुण थापा

भक्तपुरको रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियो निकै आकर्षक बनेको छ। गीतमा नायिका ऋचा थापाले अभिनय गरेकी छन्। कमल राईको कोरियोग्राफी रहेको भिडियोमा शिव ढकालको छायांकन तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । म्युजिक सूत्र नामक युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको गीत लोचनमान श्रेष्ठले निर्माण गरेका हुन्।