न्युज अफ नेपाल, भैरहवा ।
मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ ।
मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।
यहाँका सर्वसाधारणको मुख्य पेशा कृषि हो । सोही कारण पालिकाले पछिल्लो साढे चार वर्षमा किसानलाई लक्षित गरी जीर्ण सडक विस्तार, स्वास्थ्य र शिक्षामा सहज पहुँचको प्रयास गरिहेको छ ।
पूर्वमा मर्चवारी गाउँपालिका, पश्चिममा लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सीमाना पर्ने पालिकाभित्र विकासको पहिलो सूचक सडकमा गाउँपालिकाले करोडौ लगानी गरेको छ ।
पालिकाले यस अवधिमा २० किलोमिटर सडक पिच गरेको छ भने २५–३० किलोमिटर सडक पीसीसी ढलान गरेको छ । यस्तौ सोही अनुपातमा सडकहरू ग्राभेल भएको छ । सडक जोडिएसँगै स्थानीयलाई कामकाजमा सहज भएको छ ।
कृषि पेशा मुख्य भए पनि आधुनिक उपकरणहरुका लागि बाटो नै पहिला चाहिने भएकोले यसले पालिको मात्रै होइन समग्र मर्चवारबासीको आर्थिकस्तर सुदृढ भएको छ । गाँउपालिका प्रमुखमा जितेन्द्रनाथ शुक्ल बब्लु आएदेखि भौतिक संरचना अभाव झेलिरहेको मर्चवारका पालिकामा निकै सुधार भएको छ ।
यस क्षेत्र भित्रका ८० प्रतिशतभन्दा बढी क्षेत्र सहज सडक पहुँच बनेको छ । पालिकाका भित्री सडक विस्तार भए पनि मुख्य बाटोको समस्या भने अझै उस्तै छ । हिलोमुक्त गाउँ बनाउन अझै अति आवश्यक सडकको स्तरोन्नति र विस्तार गर्नुपर्ने पालिका अध्यक्ष शुक्लाले बताए ।
प्रतिक्रिया