कोरोनाका कारण दुई वर्षदेखि फागु खेल्न नपाएका आम सर्वसाधारणले यो वर्ष धुमधामका साथ फागु खेलेका छन्। सर्वसाधारणसँगै कलाकर्मीहरुले पनि यस वर्ष रमाइलोका साथ फागु मनाएका छन्। यस क्रममा कतिपय कलाकर्मीले विभिन्न स्थानमा पुगेर फागु खेलेका छन् भने कतिपय घर परिवारमा रमाएका छन्। कतिपयले भने सामाजिक सञ्जालमा अघिल्ला वर्षको र कतिपयले यसै वर्ष फागु खेलेको तस्वीर शेयर गरी फागुको शुभकामना आदान–प्रदान गरेका छन् ।
अभिनेता आर्यन सिग्देल परिवारका साथ फागु खेल्दै ।अभिनेत्री विपना थापा भारतको हरिद्वारस्थित निवासमा ।अभिनेत्री छुल्ठिम गुरुङ फागुपछि सेल्फी खिच्दै ।हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ फागु खेल्ने क्रममा ।मिस नेवाः सुनीता डंगोल नयाँ वानेश्वरस्थित न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ फागु खेलेर खाना खुवाई केक काटेर जन्मदिन मनाउँदै। साथमा विभिन्न संस्करणका मिस नेवाः तथा सो प्रतियोगिताका आयोजकहरु ।अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेल दम्पती फागुपछि ।अभिनेत्री रेखा थापा फागुमा रमाउँदै ।
प्रतिक्रिया