पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् ।
कोरोना प्रभावका कारण विश्वको ४० सुन्दरीले मात्र भाग लिएका प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्ट र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनर्सअप भए भने नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनोट हुन सकिनन् ।
२२ वर्षीया क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी उपाधि चुम्ने दोस्रो प्रतिस्पर्धी हुन्। स्नातकोत्तर अध्ययनरत र पीएचडी गर्ने तयारीमा रहेकी उनी मोडल हुन्। ‘म मेरो नाम सुन्दा आश्चर्यचकित भएँ। अहिले पनि विश्वास गर्न मुस्किल भइरहेको छ। म मिस वर्ल्डको ताज जित्न सफल भएकोमा गर्व महसुस गर्छु र काममा फर्कन अधैर्य छु। पुएर्तोरिकोको यो क्षण मेरो लागि जीवनभर स्मरणीय रहिरहनेछ ।’ –मिस वर्ल्ड विजेताका रूपमा आफ्नो नाम घोषणा भएपछि क्यारोलिनले भनेकी थिइन् ।
प्रतिक्रिया