ई–सेवा र प्रभुबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौं (नेस) ।

नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफर र नाम प्रभु म्यानेजमेन्ट प्रा.लिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यस सम्झौतासँगै, संसारका दुई सय बढी मुलुकबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, ई–सेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ई–सेवा वालेटका ५हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभर रहेका ७ हजार बढी सहकारी संस्थाबाट समेत ई–सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिने भएको छ ।

प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरूबाट ई–सेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै ती सहकारी संस्थामा रकम जम्मा गर्नसमेत सकिने भएको छ ।

सम्झौताबारे आफ्नो मन्तव्य व्यक्त गर्दै ई–सेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भन्नुभयो –‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जालमार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ई–सेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्