मंगलबारदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द हुने



काठमाडौं ।

भोलि मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जानकारी गराएको हो । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले हाल अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्