समृद्धिको लागि एमसीसी स्वीकारिएको हो : महामन्त्री शर्मा



उदयपुर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको बताएका छन् । घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको भेलालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन ।

उनले भने, ‘देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ छैन, यस्ता भ्रमको पछि नलागौँ ।’ परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनु पर्नेमा जोड दिए ।

मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पुर्‍याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे । नेता शर्माले स्थानीय निर्वाचनमा जनकपुरमा गठबन्धन भयो भन्दैमा उदयपुरमा पनि हुनु पर्छ भन्ने छैन, त्यसैले गठबन्धन हुने नहुने टुङ्गो छैन पहिला आफ्नो नेपाली कांग्रेसलाई बजबुद बनाउन आग्रह गरे । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस उदयपुरले १ महिने अभियानका लागि ७५ वटै वडामा जिम्मेवारी तोकिएको छ । पार्टीले टिकटको लागि माथिबाट हस्तक्षेप गर्दैन र हाम्रालाई हैन, राम्रालाई जिताउने आधारहरू देखेर मात्र पार्टीले उम्मेदवारी दिने छ, उनले भने ।

केन्द्रीय सदस्यहरू प्रदीप सुनुवार, लक्ष्मी परियार, नारायण कार्की, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली कांग्रेस जिल्ला सभापति प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की क्षेत्रीय सभापतिहरु खगेन्द्र राई, रामकुमार राई, पूर्व जिल्ला सभापति अर्जुन खड्का लगायतले उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी पार्टी प्रवेश गर्नेहरूलाई महामन्त्री शर्माले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्