इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औँ जन्मजयन्तीः किन भएनन् ३१ वर्षसम्म खरदारबाट बढुवा ?



काठमाडौं ।

इतिहासशिरोमणि बाबुराम आचार्यको १३५ औँ जन्मजयन्ती आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रुपमा मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा कार्यपत्र प्रश्तुत र कार्यपत्रका बिषयमा बिद्वानहरुबीच छलफल भएको छ ।

नेपाल सरकार साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेस आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन बाबुराम आचार्य र उनको गोगदान बिषयक गोष्ठीमा प्रा डा गोबिन्द टन्डनको २९ पेजको कार्यपत्र पुरै पढेर सुनाएका थिए ।

इतिहाश बिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको पहलमा घोषणा भएको दुई लाख रासीको बाबुराम आचार्य सगरमाथा पुरस्कारको बिषयमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रकाश पार्दै अझ मन्त्रालयले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने आफुलाई इच्छा रहेको बताएका थिए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेस आचार्यले बाबुराम आचार्यको १० लाखको रासी आफु साँस्कृतिको सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै बाबुराम आचार्यको जन्म जयन्तीका अवशरमा फागुन २९ गतेलाई इतिहास दिवश मनाउन सरकारलाई आग्रह गरेका थिए ।

बिशिष्ट अतिथी एबम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीतले बाबुराम आचार्य स्मृति प्रतिष्ठानले इतिहाश शिरोमणिका योगदानलाई स्मरण गराउन नेपाल प्रज्ञा प्रतिष्ठान, साँस्कृति मन्त्रालयलगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर बाबुराम आचार्य संग्राहालय निर्माण, अप्रकाशित कृति प्रकाशनलगायतमा अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रममा बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले बाबुराम आचार्य सगरमाथा पुरस्कार घोषणा गर्न सहयोग गर्ने मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतलाई धन्यबाद दिए ।

उनले बाबुराम आचार्यले कयौं पुस्तक लेखेको कारण बिद्वान कहलिसकेका र उनी चाकरी गर्न जानेका भएपनि नगरेका कारण ३१ बर्षसम्म खरदारमा नै रहनुपरेको बताए । महासचिव आचार्यले अहिले पद र पैसाका लागि ज्यान मार्न तयार रहने पुस्ताका लागि बाबुराम आचार्य मार्ग निदेशक बन्नसक्ने बिचार ब्यक्त गरेका थिए ।

नेपाल एकेडेमीका सदस्य सचिव जगत प्रसाद उपाध्यायले स्वागत गर्दै बाबुराम आचार्यको योगदानको कदर पुरस्कार घोषणासँगदै हुँदै गरेको भन्दै रकमको भन्दा पनि पुरस्कारको महत्व बढी हुने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सामाजिक बिभाग प्रमुख एबम् कार्यक्रमका सभापति प्रा. दिनेशराज पन्तले बाबुराम आचार्यको योगदानको बिषययमा चर्चा गरेर नसकिने भन्दै ३१ बर्षसम्म खरदारमै बसरेर राणा शासकका अगाडी चाकरी नगर्ने ब्यक्तिका रुपमा बाबुराम आचार्य रहेको बताएका थिए ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्