गृहमन्त्री खाँण र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिवा विप्लवसहित भएको बार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । भेटमा गृहमन्त्री खाँणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताउनु भएको थियो । नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।

प्रतिक्रिया दिनुहोस्