विजय र निशाको ‘पिपलु’ सार्वजनिक 


कास्की ।

लोक तथा दोहोरी गायक विजय केसी र गायिका निशा केसीको लोक दोहोरी गीत ‘पिपलु’ सार्वजनिक भएको छ ।माया प्रेमको भाव समावेश गरिएको दोहोरी गीत यही शुक्रवार शिव हमाल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । शिव हमालले शब्द संगित सिर्जना गरेको गीतमा विजय केसी र निशा केसीको आवाज रहेको गीतले दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइराखेको गायक केसीले जानकारी दिए ।

सार्वजनिक  लोकदोहोरी गीत ‘पिपलु’ मौलिक विषयवस्तुमा लोक पारखीहरूका लागि विल्कुलै फरकपन दिने प्रयास गरिएको गायक केसीले बताए । तत्कालीन लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलका कोषाध्यक्ष समेत रहेका केसीले दर्शक,  श्रोतालाई मन पर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘यो गीत माया प्रेममा आधारित मौलिक विषय वस्तुमा तयार पारिएको छ, दर्शक श्रोताले मन पराउनेमा म विश्वस्त छु ।’यस्तै गायिका निशा केसीले दर्शक श्रोताले गीतमा मौलिकता भित्र पनि फरकपन पाउने बताइन् ।

उनले भनिन्, ‘लोक गीत सुन्ने श्रोताले मौलिक विषयवस्तुमा पनि फरकपन पाउनु हुनेछ, त्यसका साथै गीत रमाइलो विषयवस्तुमा छ । दर्शक श्रोतालाई फरकपन दिनका लागि हामीले मिहिनेत पनि कडा गरेका छौँ , सोही अनुसार मन पराईदिनुहुनेछ यसमा म आशावादी छु ।’आधा दर्जन बढी गीतमा स्वर दिएकी गायिका केसी ‘मोना अस्ट्रेलिया’मा पनि आबद्ध छन् । गीतका गायक–गायिका द्वय हाल वैदेशिक रोजगारीका सिलसिलामा अस्ट्रेलियामा छन् । काठमाण्डौं लगायतका स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र विना राउत लगायतको अभिनय रहेको छ । यसको निर्देशन मौसम हिमालीले गरेका हुन् ।