३० देशको सहभागितामा लोक मेला



एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा हालै एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ। कोरोनाका कारण भर्चुअलरूपमा सम्पन्न मेलामा नेपालबाहेक भारत, बंगलादेश, बोलिभिया, मलेसिया, फिलिपिन्स, पोल्यान्ड, सिंगापुर, स्लोभाकिया, इस्टोनिया, मेक्सिको, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, रोमानिया, सर्बिया, साउथ अफ्रिका, लिथुनिया, पेरु, पोर्चुगल, इजरायल, स्पेन, ताइवान, तान्जानिया र जिम्वाबेलगायत विश्वका ३० भन्दा बढी राष्ट्रबाट विभिन्न ४२ सांस्कृतिक समूहले आ–आप्mनो देशका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

नेपालको तर्फबाट जोगेन्द्र केसीको कोरियोग्राफीमा मघऔटा र कौरा नृत्य, चन्द्रमान मुनिकारको कोरियोग्राफीमा भैरव–काली नृत्य र सुदन मुनिकरको कोरियोग्राफीमा धिमे नृत्य प्रस्तुत गरिएको थियो। मेलामा प्रस्तुत नृत्यका लागि राम भुजेलले संगीत संयोजन गरेका थिए भने एक सयभन्दा बढी कलाकारले नृत्य र वाद्यवादन प्रस्तुत गरेका थिए।

कोरियोग्राफर जोगेन्द्र केसीको संयोजनमा सम्पन्न मेलामा उनका साथमा अर्का कोरियोग्राफर शम्भु शाहीलाई सम्मान गरिएको थियो। हरेक दुई/दुई वर्षमा आयोजना हुने मेलालाई निरन्तरता दिँदै मेला आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले बताए।

प्रतिक्रिया दिनुहोस्