![](https://newsofnepal.com/wp-content/uploads/2022/03/Pasha-Lee-Wiki.png)
रुसले युक्रेनमा गरेको बम आक्रमणको क्रममा चर्चित युक्रेनी अभिनेता एवं टेलिभिजन प्रस्तोता पासा लिको निधन भएको छ। बीबीसीमा प्रकाशित समाचारअनुसार युक्रेनको राजधानी किभ नजिक इरपिनमा हालै भएको उक्त घटनामा ३३ वर्षीय उनको निधन भएको हो।
पाभ्लो लीका नामले चर्चित अभिनेताले द लायन किङ, द हबिट, सेल्फी पार्टीजस्ता फिल्ममा अभिनय गरेका थिए भने विभिन्न किसिमका टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए।
सन् १९८८ मा क्रिमियामा जन्मेका ली युक्रेनमा आफ्नी आमाका साथ बस्दै आएका थिए। उनी रुसले युक्रेन आक्रमण गरेको पहिलो दिनदेखि नै युक्रेनको रक्षामा खटिएका थिए।