कांग्रेसले चुनावी तालमेलबारे अहिले केही नबोल्ने



काठमाडौं, (नेस) ।

प्रमुख सत्ताधारी दल नेपाली नेपाली कांग्रेसले चुनावी तालमेलबारे केन्द्रीय समितिमा बृहत् छलफल गरेर मात्र निर्णय गर्ने जनाएको छ । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानमा पनि कांग्रेसले चुनावी गठबन्धन र तालमेलका बारेमा नबोल्ने जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ताधारी दलहरुवीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने आम चासो रहेको बेला कांग्रेसले चुनावी गठबन्धन र तालमेलबारे पछि नै निर्णयमा पुग्ने जनाएको हो । बुधबार पार्टी केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णवहादुर खड्काले चुनावी तालमेलबारे स्पष्ट पार्दै भन्नुभयो– ‘कार्यसम्पादन समिति र केन्द्रीय समितिले बृहत् छलफल निर्णय गरेपछि मात्र स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल हुन्छ हुदैन थाहा हुन्छ ।’

‘नेपाली कांग्रेस चुनावमा कसरी जान्छ भन्नेबारेको नीति, रणनीति, कार्यनीति उदेश्य सबै केन्द्रिय समिति बैठकले निर्णय गर्छ’ उपसभापति खड्काले भन्नुभयो– यसबारेमा आगामी बस्ने केन्द्रिय समिति बैठकमा वृहत छलफल हुन्छ । यसअघि आगमी निर्वाचनमा सत्ताधारी दलहरुवीच तालमेल गर्ने की नगर्ने भन्नेमा कांग्रेसका शीर्ष नेताहरुले फरक फरक धारणाका साथ सार्वजनीक अभिव्यक्ति दिइरहेका थिए ।

पत्रकार सम्मेलनमा प्रमुख आठ उद्देश्यका साथ यहि फागुन २९ गते देखि चैत्र २९ गते सम्म ‘घर–घर जाऔं, कांग्रेस जिताऔ’ भन्ने एकमहिने अभियान शुरु गर्न लागेको भन्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो– ‘यो अभियानले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने छ । अभियानका क्रममा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने भन्दै प्रवत्ता महतले हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारीको नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराईने छ ।

एकमहिने अभियानका क्रममा नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने नेकपाको सरकारको गत तीनबर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राखिने प्रवक्ता महतले बताउनु भएको छ । देशभर एकैपट शुरु गरिन लागेको योभियानमा प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राखिने पनि कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्