भिडियोमा म त परेँ पूर्वको



गीतकार वसन्त थापा मगरको शब्द रचना तथा संगीतमा म त परे पूर्वको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायकद्वय प्रवीण भेटवाल, वसन्त थापा मगर तथा गायिकाद्वय रचना रिमाल र सुशीला पाठकको स्वरमा छ। दिनेश श्रेष्ठको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपाने फिचर्ड छन्।

समन अधिकारीद्वारा निर्देशित भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। गीतकार मगर प्रस्तुतकर्ता रहेको भिडियो रेस्क्यु क्रिएसनले निर्माण गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्