झम्सिखेलमा अपटाउन म्युजिक फेस्टिभल हुँदै



अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक अपटाउन म्युजिक फेस्टिभल हुने भएको छ। फेस्टिभल शुक्रबार ललितपुरको झम्सिखेलमा हुनेछ। फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एन्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनयकला प्रस्तुति गर्नेछन् भने रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एन्ड बी प्mल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रममा आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिक पनि प्रस्तुति हुनेछन्। आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाउने छन्। महोत्सवमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्