चर्चाका लागि नग्न हुने अभिव्यक्ति दिएको पूनमको स्वीकारोक्ति



विवादमा छाइरहने बलिउड अभिनेत्री पुनम पाण्डेलाई विवादमा रमाउने अभिनेत्रीको आरोप लाग्दै आएको छ। चर्चामा आउन विभिन्न किसिमका फन्डा गर्ने आरोप लागिरहेको बेला पुनम आफैंले उक्त कुरा स्विकार गरेकी छिन्। कामुक अवतारका कारण पनि चर्चामा रहने पूनम सन् २०११ मा आफ्नो एक अभिव्यक्तिका कारण निकै चर्चामा आएकी थिइन्। उनले यदि, भारतले वर्ल्डकप जितेमा आफू नग्न हुने अभिव्यक्ति दिएकी थिइन्। पुनमले हालै एक अन्र्तवार्ताको क्रममा आफ्नो उक्त अभिव्यक्तिको कारण खोलेकी छिन्।

पुनमले आफू चर्चामा आउनका लागि मात्र त्यस्तो अभिव्यक्ति दिएको स्वीकार गरेकी छन्। ‘मैले पब्लिसिटिका लागि मात्र भारतले वर्ल्डकप जितेमा आफू नग्न हुने कुरा बताएकी थिएँ । त्यो बेला म १८ वर्षको थिएँ र चर्चा पाइरहेको थिइन्। बलिउडमा आउटसाइडर त्यति बेलासम्म हेडलाइन बन्दैनन्, जबसम्म उनीहरूले बोल्ड अभिव्यक्ति दिँदैनन्। मैले पनि मानिसहरूको ध्यान आफूतिर केन्द्रित गर्नका लागि उक्त बयान दिएकी थिएँ’ पूनमले भनेकी छन्।

केही समयअघि मात्र पति साम बम्बेले कुटपिट गरेका कारण सम्बन्धविच्छेद गरेर चर्चामा आएकी पूनमको विवाद र स्क्यान्डलसँगको नाता भने पुरानै हो। उनले अभिनय गरेका फिल्मले खासै सफलता नपाए पनि पुनम हट फोटोसुट तथा भिडियोका कारण बेलाबेलामा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहने गर्छिन्। गत वर्ष अश्लिल भिडियो सुट गरेका कारण उनलाई भारतको गोवा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्