पलद्वारा प्रहरीमा आत्मसमर्पण

0
Shares

तनहुँ । 
जबरजस्ती करणीको अभियोग लागेका नायक पल शाहले आत्मसमर्पण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
शाहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । १७ वर्षीय गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा रहेका थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि शाहले आइतबार प्रहरीसामु आएर आत्मसमर्पण गरेकाे  खड्काले जानकारी दिए ।
पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।