पल शाहले आज प्रहरीमा ‘आत्मसर्मपण’ गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेता पल शाहले प्रहरीमा ‘आत्मसमर्पण’ गर्ने बताएका छन् । एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि ‘फरार’ रहेका शाहले आज आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्या, नयाँ फिल्म प्रदर्शन तथा घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको जनाएका छन् ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, पलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्