अदालतले बोलायो कंगनालाई



बलिउड अभिनेत्री कंगना रनावत फेरि एकपटक कानुनी झमेलामा फसेकी छन्। भारतको बंठिडा अदालतले उनलाई अप्रिल १९ मा अदालतमा हाजिर हुन आदेश दिएको छ।

गत वर्ष भारतमा चलेको किसान आन्दोलनका क्रममा कंगनाले पञ्जावको बंठिडास्थित बहादुरगढ जंडिया गाउँ निवासी महिन्दर कौर नामक ८७ वर्षीया महिलालाई सय रुपियाँ लिएर धर्ना बस्ने महिला भन्दै फोटोसहित ट्विट गरेकी थिइन्।

कंगनाले भने भारतको शाहिन बागमा नागरिकता संशोधन ऐनविरुद्ध आन्दोलन गर्ने बिलकिस बानो भन्ठानेर महिन्दरको फोटो हाल्न पुगेको बताएकी थिइन्। यो घटनापछि महिन्दरले कंगनाले कोही अन्य महिलासँग तुलना गर्दै गरेको ट्विटबाट आफूलाई मानसिक तनाव भएको र परिवार, आफन्त तथा गाउँमा समेत आफ्नो छविमा ठेस पुगेको उल्लेख गर्दै कंगनाको उक्त भनाइ विरुद्ध अदालतमा सन् २०२१ को जनवरीमा मानहानीको उजुरी दर्ता गरेकी थिइन्।

उक्त उजुरीको मामलामा १३ महिनासम्म सुनुवाइ चलेपछि अदालतले कंगनालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्