प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच फेरि छलफल शुरू

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।

बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनस् भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधान मन्त्री देउवासँग छलफलका लागि पुनस् बालुवाटार पुगेका छन् । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि छन् ।

कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी छन् ।