एमसीसीविरुद्धको आन्दोलनका गम्भीर घाइतेको पहिचान खुल्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बिहीबार दिउँसो एमसीसीविरुद्धको आन्दोलनका क्रममा बानेश्वरमा गम्भीर घाइते आन्दोलनकारीको पहिचान खुलेको छ ।बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा भएको झडपमा उनी घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते भएपछि तत्कालै एभरेष्ट अस्पताल पुर्‍याइए पनि त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो पठाइएको थियो ।घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् ।

अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ । माओवादी केन्द्रका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका अनुसार उनको अहिले अप्रेसनको तयारी भइरहेको छ ।