थप तीन वटा ट्रमा सेन्टर तत्कालै स्थापना गरिने : स्वास्थ्यमन्त्री खतिवडा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौमा मात्र केन्द्रीत राष्ट्रिय ट्रमा सेन्टरले देशव्यापी चाप धान्न नसक्ने अवस्थामा थप तीन वटा ट्रमा सेन्टर तत्कालै स्थापना गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यसै वर्ष थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने बताउनु भएको हो ।