आफूमाथि बलात्कारको आरोप लागेपछि बोले पल शाह

सार्वजनिक गरे आफूलाई 'फसाउन खोज्ने' चारजनाको नाम



न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।

१७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका छन् । पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्