ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू

0
Shares

न्युज अफ नेपाल, लमजुङ ।

लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरू गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड सेवा शुरू गरेको हो ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलालाई सहज बनाउने बताए । गर्भवती आमालाई कम्तीमा पनि दुई पटक निःशुल्क सेवा दिइने नगरपालिकाले जनाएको छ । सुरुमा दुईवटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरिने र पछि १० वटै वडामा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

ग्रामीण अल्ट्रासाउण्ड मेशिन नगरपालिका आफैँले ५ लाख रुपैयाँमा खरिद गरेको हो । एउटा मेसिन गण्डकी प्रदेश सरकारले सहयोग गरेको थियो । एउटा मेसिन भोर्लेटार स्वास्थ्य चौकी राखेर सेवा दिइएको छ । एउटा रम्घा स्वास्थ्य चौकीमा राखेर सेवा प्रवाह गरिनेछ ।