अभिनेता शाहविरूद्ध उजुरीपछि गायिकाले गरिन् मेडिकल चेकअप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी एक गायिकाले मेडिकल चेकअप गरेकी छन् । ती गायिकाले नायकविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा ती नायकविरुद्ध जाहेरी दिएकी गायिकाले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी गायिकाले नायक शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।