लिजीको रहस्यमय निधन



हलिउडकी चर्चित फिल्म तथा टेलिभिजन अभिनेत्री लिजी एरिन पर्लम्यान लस एन्जलसमा रहस्यमय तरिकाले मृत फेला परेकी छन्। केही दिनदेखि हराइरहेकी ४३ वर्षीया उनलाई खोज्न स्थानीयवासीहरुले प्रहरीसँग मद्दत मागेको र आइतबार दिउँसोदेखि हराएकी उनको मृत शरीर शुक्रबार स्थानीय एक व्यक्तिको घरनजिक उनकै कारभित्र फेला परेको डेली मेलमा प्रकाशित समाचारमा उल्लेख छ।

उनको कारभित्र विभिन्न औषधिका चक्की छरिएको अवस्थामा फेला परेकाले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि प्रहरीले उनी हराउनु र मृत्युको कारणबारे पत्ता लगाउन अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ।

मूलरुपमा सिकागोमा बस्ने लिजी लस एन्जलस जानुअघि रंगमञ्च कलाकार थिइन्। उनले जनरल हस्पिटल, द पर्ज, सिकागो जस्टिसजस्ता चर्चित कार्यक्रमलगायत केही फिल्ममा समेत काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्