गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ सार्वजनिक (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गायक डिजराज पौडेलको झिल्केले म्वाई खाला बोलको नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ ।

गीतमा स्वर र संगित डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ । गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ ।

गायक पौडेलका यसअघि तिमी आउने बाटोमा, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौंला मोटर गाडीमा जस्ता गीतहरु चर्चित भएका थिए । झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास गायक पौडेलको छ।