जसपाको कार्यकारिणी समिति बैठक फागुन १३ गते

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० लगायत विषयमा छलफल हुने जनाइएको छ । जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाउनुभएको छ भने अध्यक्ष उपेन्द्र यादव खुल्नुभएको छैन ।

दुई नेताबीच पार्टीको आन्तरिक समीकरणबारे पनि मतभिन्नता रहेको बताइन्छ । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनपछि उहाँहरुबीच विवाद बढेको जानकार बताउँछन् । जसपाको कार्यकारीणी समितिमा ३५ सदस्य हुनुहुन्छ ।