नेपालकै पहिलो ट्रान्सपोर्ट व्यवस्थित रूपमा सञ्चालनका लागि ढुवानी व्यवसायीहरूको आग्रह

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। १२ मा नेपाल कै नमुनाका रूपमा निमार्ण गरिएको पहिलो ट्रान्सपोर्ट नगर९ढुवानी ग्राम० व्यवस्थित रूपमा सञ्चालनका लागि ढुवानी व्यवसायीहरूले आग्रह गरेका छन् । बुटवल बजार क्षेत्रबाट ग्राममा ढुवानी कम्पनीहरू गएपछि सामान ढुवानीमा केही अप्ठ्यारो भएको गुनासो आएपछि हुँदा त्यसलाई समाधान गर्न उनीहरू अनुरोध गरेका छन् ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीको अयोजनामा सोमवार बुटवलमा भएको एक छलफल कार्यक्रममा उनीहरूले नगरपालिकाको निजी साझेदारी परियोजना अन्तरगत निमार्ण भएको ढुवानी ग्रामको निमार्णको काम अन्तिम चरणमा पुगेको र बुटवलमा रहेका ट्रान्सर्पोट कम्पनीहरू सो क्षेत्रमा स्थानान्तरण भएको अवस्थामा आएका असहज परिस्थितिको अन्त्य गर्दै अगाडी बढ्न आग्रह गरेका हुन ।

यस क्षेत्रमा क्रियाशील उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीक सङ्घसंस्थाहरूका प्रतिनिधिहरुसँगको छलफलमा उनीहरूले सो आग्रह गरेका हुन । ढुवानी व्यवसायीहरूले ढुवानी ग्राम निमार्णको उद्देश्य, औचित्य र आवश्यकतालाई मनन गर्दै व्यवस्थित नगरको अवधारणालाई कार्यान्वयनमा ल्याउन तत्काल आउने सानातिना समस्याहरूलाई आपसी समझदारीमा पन्छ्याएर काम गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय महासचिव अरुणकुमार श्रेष्ठले बुटवलमा निमार्ण भएको ढुवानी ग्राम नेपाल कै उदाहरणीय र उपलब्धिमूलक काम भएको बताउँदै त्यसलाई आपसी समझदारीमा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले छरिएर रहेका ढुवानी व्यवसायीलाइ एकै ठाउँमा ल्याउने कामले समग्र व्यवसाय प्रवर्द्धन गर्न तथा बजार व्यवस्थापन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेलले बजार क्षेत्रमा ढुवानी गर्दा आउने समस्यालाई अन्त्य गर्न व्यवसायीहरू कै पहलमा निमार्ण गरिएको ढुवानी ग्रामको सञ्चालनको दायित्व पनि उनीहरूको रहेको बताउँदै आफूहरू सधैँ साथमा रहेको प्रतिबद्धता जनाउनु भयो ।

नेपाल औषधि व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले ढुवानी ग्राम बन्दा धेरै प्रकारले व्यवसायीहरूलाई सहज हुने विश्वास व्यक्त गर्दै तत्काल व्यवस्थापनका क्रममा देखिएका अप्ठ्याराहरूलाई छलफल गरेर समाधान गर्न आग्रह गर्नु भयो ।

बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं।१२ भैरहवा टोलमा तीन बिघा क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनेको हो । करिब ३० करोड लागतमा निर्माण भएको ट्रान्सपोर्ट भिलेजमा ढुवानी व्यवसायीको साढे १२ करोड र बुटवल उपमहानगरपालिकाको साढे १७ करोड लगानी रहेको छ । त्यहाँ ४९ वटा सेड निर्माण भएका छन् र बुटवल बजारमा रहेका सबै ढुवानी व्यवसायीहरू सो स्थानमा सरेका छन् ।