पत्रकार पकुवालको निधन

0
Shares

न्युज अफ नेपाल, झापा ।

झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उहाँ १० दिनअघि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उपचारकै क्रममा उहाँको आज बिहान निधन भएको हो ।

भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवालका श्रीमान् र दुई छोरी हुनुहुन्छ । पकुवालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासङ्घ झापाले शोक विज्ञप्ति जारी गरी लामो समय मिर्गौलाको समस्यासँग जुध्दै आएकी पकुवालको निधनले झापाली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकार गुमाएको बताएको छ ।