मृतकका परिवारलाई स्याङ्जा सहयोग समाजको दश लाख सहयोग

0
Shares

भूपराज बस्याल, स्याङ्जा

वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ ।

गल्याङ नगरपालिका- ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर(परिवारको घर पुगेर समाजको टोलिले दस लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोगजक थमन रानाभाटले जानकारी दिनुभयो । स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीको अचानक मृत्यु हुनुभएकाले परिवारको लागि केही आर्थिक सहयोग हुने होस् भन्ने हेतुले समाजले यसो गरेको उहाँले जानकारी दिनुभयो ।

दश लाख तीन हजार छ सय समाजले कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाकी नगद हस्तान्तरण गरेको पनि उहाँले जानकारी दिनुभयो । रकम हस्तान्तरण गर्दै गल्याङ पालिका नगरउपप्रमुख देबि थापाले समाजले साच्चिकै पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ स्याङ्जा सहयोग समाज निरन्तर सामाजिक क्षेत्रमा सकृय भएको पाएका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुहोला ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, निवर्तमान अध्यक्ष भूपराज बस्याल, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैरे, सह-कोषाध्यक्ष धर्म पराजुली, मध्य पुर्व संयोजक थमन रानाभाट, स्याङ्जा सहयोग समाज युएईका नेपाल संयोजक प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बस्नु भएका भण्डारी विभिन्न सामाजिक सस्थामा सक्रिय हुनुहुन्थ्यो । अचार स्वास्थमा समस्य देखिएपछि उपचारको क्रममा दुबईको अस्टर हस्पिटलमा गत दशै ताका भण्डारीको निधन भएको थियो । भण्डारीका एक श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।