विष्णुमतिको झोलुंगेपुल भत्किँदा एक जना घाइते 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विष्णुमति खोलामा रहेको झोलुंगेपुल भत्किँदा एक जना घाइते भएका छन् । कंकेश्वरी मन्दिर अगाडि रहेको झोलुंगेपुल भत्किँदा धादिङ घर भई भीमसेनस्थान बस्दै आएका सुभास सिंखडा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आर्थिक अवस्था समेत कमजोर भएका सिंखडाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानीय प्रशासनको लाप्ररबाहीहीका कारण उक्त पुल भत्किएको बताइएको छ ।

पुल मर्मतका लागि काठमाडौं महानगरपालिकामा पटक पटक जानकारी गराएको भए पनि महानगरपालिकाले वास्ता नगरेको कारण उक्त दुर्घटना भएको स्थानीय बासीले बताएका छन् ।