न्युज अफ नेपाल, काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् ।
सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।
ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन।’
भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।
प्रतिक्रिया