बटुकको सामूहिक व्रतबन्ध


विराटनगर ।

विराटनगरस्थित नेपाली भाषा सांस्कृतिक संघ झिँ पुचले १२ जना बटुकको सामूहिक व्रतबन्ध गरेको छ । धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्न सो कार्यक्रम गरिएको हो ।

विराटनर, धरान र इनरुवाका १२ जना बटुकको विराटनगरस्थित बगलामुखी मन्दिर परिसरमा सामूहिक व्रतबन्ध गरिएको झिँ पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सामूहिक व्रतबन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् ।

घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले झिँ पुच विराटनगरले सामूहिक व्रतबन्ध वर्षौंदेखि गर्दै आएको छ ।यसअघि नेवार कन्याहरुको सामूहिक इही अर्थात् बेलविवाह सम्पन्न गरेको थियो । केही दिनअघि २२ जना नेवार कन्याको सामूहिक बेलविवाह सम्पन्न भएको झिँ पुचका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।