आज भ्यालेन्टाइन्स डे, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ ।

पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपाली युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ ।

इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ ।

गाउँघरमा भन्दा शहरी क्षेत्रमा प्रणय दिवसको चर्चा बढी हुन्छ । गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आजका दिन फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।