सभामुखद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल गर्न आज सोमबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले दलहरूबीच समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिँदै भन्नुभयो– ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पु¥याउने र जारी संसद्को अवरोधबारे छलफल हुनेछ ।’

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ । यसअघि संसद् बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधिसभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ । अब बस्ने संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको छ ।