प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोबिन्द परियार नियुक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । यसअघिदेखि नै प्रधान मन्त्री देउवाको सचिवालयमा प्रेस हेर्ने गरी कार्यरत रहे पनि परियारलाई देउवाले शुक्रबार सल्लाहकारमा नियुक्त गर्ने औपचारिक निर्णय गरेका हुन् ।

परियार अघिल्लो पटक देउवा प्रधान मन्त्री हुँदा प्रेस संयोजक थिए । परियारसँग काठमाडौँ प्रेस, अन्नपुर्ण पोस्ट लगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।