कोरोनाले स्थगित लोकसेवाका परीक्षा फागुनमा हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ । लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन हुने छन् ।