मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा आज दिउँसो मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा  मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका –७ कमल विनायक नगरकोट सडक खण्ड अन्तर्गत खरिपाटीमा नगरकोट तर्फ जाँदै गरेको प्रदेश ३ ००१ प १४७७ नम्बरको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा चालक २५ वर्षीय सन्जोग गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

कमल विनायक तर्फ आउँदै गरेको बा ५ ख १६२५ नम्बरको मिनी ट्रकले गिरी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक गिरी चाँगुनारायण नपा वडा नं. ७ भद्रकाली बस्दै आएका थिए ।

घटना लगत्तै मिनी ट्रक र चालक फरार भए पनि अहिले नियन्त्रणमा आएको प्रहरीको भनाई छ । मिनी ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नपा वडा नं. ७ नाकुचे घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने वर्ष ३४ का राम आचार्य रहेका छन् ।

मिनी टाटा ट्रक र चालक महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले बताउनुभयो ।