अर्को आदेश नभएसम्म विद्यालय खोल्न पाइँदैन : सिडिओ रिजाल

0
Shares

ईश्वरराज ढकाल, काठमाडौैं । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द प्रसाद रिजालले अर्को आदेश नभएसम्म विद्यालय खोल्न नपाइने बताएका छन् । बिहीबार न्युज अफ नेपालसँगको कुराकानीमा सिडिओ रिजालले यस्तो बताएका हुन् ।

उनले भने, ‘विद्यालय खोल्ने कुरा अर्को आदेश नभएसम्मका स्थगित भन्ने नै हो । कुनै पनि प्रदेश वा स्थानीय तहले आफ्नो क्षेत्रको विद्यालय खोल्ने कुरा सीसीएमसीले सिफारिस गरेपछि लागू हुन सक्छ, हाललाई त्यो गरिएको छैन ।’

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक उपस्थितिमा विद्यालय खोल्ने सूचना निकालेपछि न्युज अफ नेपालले सिडिओ रिजालसँग यसबारे जिज्ञासा राखेको थियो । गोर्णेश्वर नगरपालिकाको उक्त निर्णय लागू नहुने समेत सिडिओ रिजालले बताए ।

यो पनि…

प्रशासनको आदेशविपरीत विद्यालय खोल्दै गोकर्णेश्वर नगरपालिका